Notice

विद्यालय व्यवस्थापन समिति (अध्यक्ष) बाट सन्देश

Laxmi Bahadur Maharjan
विद्यालय व्यवस्थापन समिति (अध्यक्ष)
श्री सिद्धिमङ्गल माध्यमिक विद्यालय

समय गतिशील छ र समयको गतिसँगै आउने प्रत्येक अवसर तथा सो अवसरले निम्त्याउने चुनौतीहरू पनि एक अर्काभन्दा भिन्न प्रकृतिका हुने गर्छन्‌ । समयको माग र आवश्यकता अनुसारको जिम्मेवारी प्रा गर्ने क्रममा आइपर्ने दर्जनौं समस्या र चुनौतीका पहाडहरू छिचोल्दै परिस्थितिसँग जञध्न सक्ने सामर्थ्य जसले राख्छ, वास्तवममा सफलता उसकै पछि लाग्दछ । विगतको विद्यार्थी जीवनदेखि हालको समयसम्म कूलै न कूलै रुपमा प्रत्यक्ष परोक्ष ढङ्गबाट शैक्षिक क्षेत्रसँगको मितेरी साहिनोमा बाँधिदै गर्दा कतिपय शैक्षिक सरोकारका विष्यवस्तुसँग सम्बन्धित विविध अनुभवहरू बटुल्ने मौका पाएको छु । वसै विद्यालयको व्यवस्थापन समितिमा विगत लामो समयदेखि सहभागी हुँदै र ३४ वर्ष लामो शिक्षण पेशाबाट विश्राम लिँदै गर्दा र हाल यस विद्यालयको विद्यालय व्यवस्थापन समितिको अध्यक्षको जिम्मेवारी बहन गर्दै गर्दा आफनो विगतको भोगाइ, अनुभव र अनुभूतिलाई समयले सुम्पेको गहन जिम्मेवारी प्रा गर्ने अभियानमा विवेकपूर्ण ढङ्गबाट प्रयोग गर्नै अवसर पाउनु मेरा लागि एक अहोभाग्य हो । यस स्वर्णीम अवसरलाई उच्चतम सदुपयोग गर्दै विद्यालयका लागि आफूनो तर्फबाट उत्कृष्ट कार्यक्षमता प्रस्तुत गर्नेछु भन्नेमा म पूर्ण विश्वस्त छु । अत्यास लाग्दो भौतिक संरचनाबाट गुज्रिँदै आजको यो अवस्थासम्म आइपुग्दा, कमजोर शैक्षिक धरातलबाट माथि उठ्दै गुणात्मक एवम्‌ परिमाणात्मक सफलताको यो विन्दुसम्म आइपुग्दा यस्तो लाग्दैछ कि एउटा पक्की घर निर्माणका लागि बलियो जग बसाउने कार्य भइसकेको छ । अबको बाँकी कार्यभार प्रा गर्न गगनचुम्बी महल ठड्याउने योजनामा केही ईटाहरू थप्ने काम मैले अवश्य गर्नेछु । यसका प्रति विगतदेखि वर्तमानसम्म विद्यालयलाई मन, बचन र कर्मले सहयोग गर्नुहुने अग्रज व्यक्तित्व, बुद्धिजीवी, समाजसेवी, स्वदेशी एवम्‌ विदेशी दाताहरू, विद्यालय प्रशासन, शिक्षकलगायत सम्बन्धित सबै मुरीम्री धन्यवादका पात्र हुनुहुन्छ ...

प्रशंसापत्र

समाचार सूचीहरू