विगतमा समुदायले विद्यालय स्थापना र विकासमा पुच्याएको योगदान तथा विद्यालयले समुदायको शैक्षिक उत्थानमा पुग्याएको योगदानको समीक्षा सहित विद्यालयका सकारात्मक कदमहरूको प्रोत्साहन तथा कमी कमजोरीहरूको उजागर गरी पुनः एक पटक यस बिद्यालयलाई यस क्षेत्र कै सवल र नेतृत्वदायी शैक्षिक संस्थाको रुपमा स्थापित गर्न आम अभिभावक, शिक्षक, समाजसेवी, शिक्षाप्रेमी, बुद्धिजीवी तथा विद्यालयसँग सम्बद्ध र सरोकार राख्ने शुभेच्छुकहरूसमेत जुर्मुराउने वेला भएको छ।
विद्यालय परिवार आफ्नो स्रोत साधन, सिप कौशल र जनशक्तिको भरपुर सदुपयोग, सूचना प्रविधिमैत्री, बालमैत्री वातावरण निर्माण गर्दै अङ्ग्रेजी माध्यममा समय सापेक्ष गुणस्तरीय शिक्षा प्रदान गरी बालबालिकाहरूको विश्व बजारमा प्रतिस्पर्धा गर्ने सक्ने क्षमता विकासमा प्रतिवद्ध र समर्पित भएर लागेको छ । यसका लागि प्राप्त उपलब्धीहरूको सरक्षण, संवर्द्धन गर्न कर्मशील शिक्षकहरूलाई उत्प्रेरणा, प्रोत्साहन तथा पूर्वबलको थप खाँचो छ ।
त्यसैले म यो लेख मार्फत विद्यालयप्रति प्रत्यक्ष एवम् परोक्ष रुपमा सदभाव, शुभेच्छा र आस्था राख्नु हुने आम शिक्षाप्रेमी, समाजसेवी, बुद्धिजीवी र स्थानीय अभिभावकहरूलाई यस विद्यालयको शैक्षिक उन्नयनको खातिर हातेमालो गर्दै एउटा भरोसायोग्य प्राविधिक नमुना विद्यालय निर्माण गर्ने महान अभियानमा लामबद्ध भई लाग्नुहुन हार्दिक अपिल गर्दछु ।