वर्तमान अवस्था

साविक सिद्धिपुर-१ (हाल महालक्ष्मी-६) मा अवस्थित यो सामुदायिक विद्यालय सिद्धिपुरवासीको अथक प्रयास र पसिनाले सिंचित एउटा अमूल्य सिर्जना र सम्पत्ति हो । यसलाई समृद्ध बनाउने काम पछिल्लो समयमा विद्यालय व्यवस्थापन समिति र शिक्षक, अभिभावकहरूको टिमले गरिरहेको छ। हाल यस विद्यालयमा पूर्व बाल कक्षा देखि कक्षा १२ सम्म ३०३ छात्रा र २८१ छात्र गरी कूल ५५४ जना बालबालिकाहरूले नियमित अध्ययन गरिराखेका छन्‌ भने माध्यमिक तहमा ५ जना, निम्त माध्यमिक तहमा ६ जना, प्राथमिक तहमा ११ जना, पूर्व प्राथमिक तहमा २ जना गरी कूल २४ जना शिक्षक तथा २ जना कर्मचारी र १ जना आया विद्यालयमा सेवारत छन्‌ । हाल पूर्व-बालविकास कक्षा (ECD) मा श्रव्य-दृश्य कक्षा संचालन भएको छ भने कक्षा १-१० सम्म अंग्रेजी माध्यमबाट सूचना प्रविधिमैत्री शिक्षण हुने गरेको छ। कक्षा ११ र १२ (साविक उ.मा.वि. १००२) मा व्यवस्थापनतर्फ Hotel Management र Business Studies र  शास्त्रतर्फ अङ्ग्रेजी, नेपाली, जनसंख्या, स्वास्थ्य र शारीरिक शिक्षा लगायतका विषयहरू शिक्षण हुने गरेका छन्‌ । अतिरिक्त क्रियाकलाप (ECA) का गतिविधि सु-व्यवस्थित गर्नको लागि ४ वटा क्लबहरू, ४ वटा सदनहरू, जुरेस, बालक्लब आदि क्रियाशील छन्‌ । २०७५ सालसम्म आइपुग्दा कुल ६६० जना विद्यार्थीले यस विद्यालयबाट (नियमित तर्फ) एस.एल.सी. /एस.ई.ई. र २७४ जनाले उ.मा.वि.(५२) उत्तीर्ण गरी सकेका छन्‌ ।
 
विद्यालयको आफै निर्यामत आयश्रोत तभएकोलै आर्थिक पक्ष नाजुक अवस्थामा रहेतापनि सबैको सक्रिय सहभागिता, सद्भाव र सत्प्रयासले भौतिक पक्ष सन्तोषजनक बनेको छ भने वक्ष, अनुभवी र कर्तव्यनिष्ठ शिक्षकहरू तथा अध्ययनशील विद्यार्थीहरूको सत्‌ प्रयत्नबाट शैक्षिक पक्ष स्तरीय बन्न सकेको छ ।
 
यस विद्यालयको विगत ३ वर्षको एस.ई.ई. नतिजा
 
 
यस विद्यालयको विगत ३ वर्षको कक्षागत विद्यार्थी बिवरण
 
माथि प्रस्तुत तथ्याङ्कले विद्यालयको शैक्षिक उपलब्धी र विद्यार्थी भर्ता दर प्रत्येक वर्ष गुणात्मक र परिमाणात्मक रुपमा वृद्धि हुँदै पाइरहेको प्रष्ट देखिन्छ |