२०१२ साल माघ २ गते स्थानीय समाजसेवी श्री कृष्ण द्वारे महर्जनको प्रमुख भूमिकामा औपचारिक रुपमा स्थापित यस सिद्धिमङ्गल माध्यमिक विद्यालय साबिक सिद्धिपुर गा.वि.स. बडा नं. ९, रामढोका स्थित श्री द्वारिकामान नेम्कुलको घरबाट अनौपचारिक रुपमा पठनपाठन सुरु हुँदै पटकपटक द्चे छेंबाट ग्वारखेल र ग्वारखेलबाट पुन द्े छे हुँदै ग्वारखेलमा हालको अबस्थासम्म पुन्याउन हामी सिद्धिपुरवासी सफल भएका थियौं । यस अवस्थासम्म पुग्याउन गर्नु परेको मेहनत र भोग्नु परेको कठिनाइका बारेमा केही जानकारी दिनु उपयुक्त ठान्दछु । २०४३ सालको स्थानीय निर्वाचनदेखि निरन्तर विद्यालय व्यवस्थापन समितिमा रहँदै २०४५/०४६ सालमा मा.वि. संचालन गर्ने स्बीकृति प्राप्त गर्न तथा २०६१ सालमा उच्च मा.वि. को रुपमा विद्यालयलाई स्थापित गर्न विद्यालय व्यवस्थापन समिति लगायत समग्र सिद्धिपुरवासी सफल भएका थियौं ।
ग्वारखेलमा स्थापित विद्यालयको भौतिक तथा शैक्षिक अवस्था सुधार गर्ने उद्देश्यले विद्यालय हाताभित्र नै घर निर्माणका सामग्री थुपार्ने, भोज गर्नेदेखि विद्यालयको हाताबाट नै आफनो खेतमा जाने आउने कार्यलाई हटाउन हाल चलन चल्ती रहेको दायाँ बायाँ बाटो बनाई विद्यालयलाई पूर्णरुपमा व्यवस्थित गर्नेगरी २०५४ सालको निर्वाचन पछि कक्षा कोठाहरूको झयाल ढोकामा खापा हाल्ने कार्य हुँदै नवनिर्मित भवनको पश्चिमतर्फको भवन बनाउन विभिन्न समस्या र कठिनाइको बाबुजुद पनि सफल भयौं ।
भौतिक पूर्वाधारले मात्र शैक्षिक स्तरोन्नति नहुने भएकोले समय अनुसारको विद्यार्थी र अभिभावकको चाहनालाई ध्यानमा राख्दै अङ्ग्रेजी माध्यमबाट पठनपाठन गरी शैक्षिक गुणस्तर उकास्ने कामको सुरुवात भयो । यस क्रममा पुनः आधुनिक भवनको अभाव खड्कँदै गइरहेको समयमा शिक्षा मन्त्रालयको रु. १६ लाखबाट निर्मित भवनका साथसाथै कक्षा कोठाको रुपमा मात्र रहेको ट्रष्टलाई भत्काउँदै शहरी वातावरण व्यवस्थापन समाजको रु. २ करोड ३१ लाखको लागतमा निर्माण भएको भवन बनाउने क्रममा भोग्नु परेको समस्या र कठिनाई सम्झना गर्न योग्य छ । तर पनि भौतिक पूर्वाधार सम्पन्न हुँदै जानु एकातिर छ भने शैक्षिक गुणस्तरको बढोत्तरी हुनपनि अति आवश्यक छ । अत: प्राविधिक कक्षा संचालन गर्दै स्थानीय विद्यार्थीहरू बढाएर साँच्चिकैको महालक्ष्मी नगरपालिकाको एउटा नमुना विद्यालयको रुपमा श्री सिद्धिमङ्गल मा. वि. लाई स्थापित गर्न सरोकारवालाहरू सबैमा हार्दिकताका साथ हातेमालो गर्दै अघि बढ्नु हुनेमा विस्वस्त छु ।