सिद्धिपुरका शिक्षाप्रेमी अग्रजहरूको न्यानो मायाँ र अपार विश्वास पाएर हुर्कदै बढ्दै गरेको यो विद्यालय आज आएर आत्याधुनिक प्रविधि र सीपको सदुपयोग गर्दै निजी विद्यालय सरह अंग्रेजी माध्यमबाट शिक्षा प्रदान गरी समुदायको मन जित्न सफल भएको छ । शैक्षिक गुणस्तर विकासमा ठुलै फड्को मार्न सफल भएपनि विविध खालका समस्या र चुनौतीहरूबाट भने विद्यालय मुक्त छैन । हाल विद्यालयले सामना गरिराखेका समस्या तथा चुनौतीहरू यस प्रकार रहेका छन् :
१. अभिभावकहरूमा सामुदायिक विद्यालयलाई हेर्ने फरक दृष्टिकोणका कारण स्थानीय समुदायको बालबालिका भर्ना अपेक्षितरुपमा वृद्धि हुन नसक्नु ।
२. जम्मा ४ रोपनी क्षेत्रफलमा विद्यालय क्षेत्र सीमित रहेकोले थप भौतिक संरचना निर्माण गर्न र बालबालिकाको चौतर्फी विकासको निम्ति विविध अतिरिक्त क्रियाकलाप संचालन गर्ने ठाउँको अभाव हुनु ।
३. विद्यालयको योजनावद्व प्रतिस्पर्धात्मक क्षमता विकासको लागि समय सापेक्ष गतिविधि सञ्चालन गर्न विद्यालयको आफनै नियमित आयश्चोत नहुनु ।
४. विविधतायुक्त पारिवारिक एवम् सामाजिक पृष्ठभूमि, संस्कार र फरक शिकाइ क्षमताका बालबालिकाहरूलाई एउटै कक्षामा राख्दा कक्षा व्यवस्थापन तथा शिक्षण सिकाइमा समस्या उत्पन्न हुनु ।
सीमित स्रोत र साधनको बावजुद पनि विविध खाले चुनौती र व्यवधानहरूलाई सहज र सरल रुपमा पार लगाउदै यो विद्यालय एउटा क्शल र नेतृत्वदायी शिक्षण संस्थाको रुपमा स्थापित भइसकेको व्यहोरा हामी कसैबाट छिपेको छैन ।