विक्रम सम्बत २०१२ साल माघ २ गते तत्कालीन स्थानीय समाजसेवी, शिक्षाप्रेमी, अग्रजहरूको अथक प्रयत्नबाट स्थापना भएको यो सिद्धिमङ्गल माध्यमिक विद्यालय सुरुमा निजी निवासमा प्रारम्भ भएको र क्रमशः कोतघर हुँदै ग्वारखेलमा स्थानान्तरण पश्चात् औपचारिक रुपमा सञ्चालन भएको इतिहास भेटिन्छ । ततृपश्चात् २०३१/०३२ सालमा नि.मा.वि, २०४५/०४६ सालमा मा.वि. हुँदै २०६१/०६२ सालमा उ.मा.वि. (-२) मा क्रमिक रुपमा स्तरोन्नति गर्ने सुअबसर विद्यालयले प्राप्त गच्यो । फलस्वरुप हाल यो विद्यालय यस क्षेत्रकै एक सुपरिचित सफल शैक्षिक संस्थाको रुपमा स्थापित छ ।
सवंप्रथम म यस विद्यालयको विजारोपण गर्ने, मलजल गर्ने, हुर्काउने महान तथा पवित्र कार्यमा अग्रपंक्तिमा उभिएर अतुलनीय योगदान गर्नु हुने संस्थापकहरू लगायत समस्त मूर्धन्य अग्रज व्यक्तित्वहरू प्रति विद्यालयको तर्फबाट हार्दिक अभिनन्दन टक्रयाउन चाहन्छु।
६ दशक भन्दा लामो यात्राका दौरानमा यस विद्यालयले थुप्रै उतार चढावहरू पार गर्दै आएको ऐतिहासिक दृष्टान्त हाम्रो सामु छर्लङ्ग छ ।निजीघर, कोतघर हुदै ग्वारखेल स्थित छाप्रोबाट शिक्षाको दिव्यज्योति छर्न शुभारम्भ गरेको यो विद्यालय हाल अत्याधुनिक प्रविधियुक्त पक्की भवन, सुविधा सम्पन्न विज्ञान र कम्प्युटर प्रयोगशाला, सुव्यवस्थित पुस्तकालय, स्वस्थकर छात्रामैत्री शौचालय, स्तरीय खेलमैदान तथा आधुनिक सूचना प्रविधिको पर्याप्त पहुँचसहित बालमैत्री र प्रविधिमैत्री बातावरणमा अग्रेजी माध्यमबाट श्रव्य-दृष्य सामग्री प्रयोग गरी अध्यापन गर्ने सामर्थ्य राख्दै आएको यथार्थ म गर्वका साथ यहाँहरू सामु पस्कन चाहन्छु ।
समयको माग, अभिभावकहरूको चाहना, विद्यालयलाई हृदयदेखि माया गर्नुहुने आम शिक्षाप्रेमी समाजसेवी र सहयोगी हातहरूको संयुक्त प्रयत्नबाट बिद्यालयले शैक्षिक तथा भौतिक रुपमा काँचुली फेर्न सफल भएको छ । विद्यालयलाई यो उचाईसम्म पुग्याउने श्रेय विद्यालयका
थद्धेय संस्थापक, स्थानीय समाजसेवी, शिक्षाप्रेमी, वुद्धिजीवी, पूर्व तथा वर्तमान वि.व्य.स.,प्र.अ., शिक्षक, स्थानीय समुदाय र आम अभिभावकलाई संयुक्त रुपमा जान्छ । तसर्थ म उहाँहरूप्रति नमन गर्न चाहन्छु ।